Pages

Monday, July 22, 2013

गजल -९६
जबदेखि तिम्रो मेरो, कुराको शुरुवात भयो ;
थाहै भएन कहिले दिन र कहिले रात भयो ;
 (१)
अनायासै तिमी पस्यौ, आँखाबाट मुटुभित्र ;
थाम्नै गाह्रो ह्रदयमा, कल्पनाको खात भयो ।
(२)
दुरी महग्ङो भ, समय प्रतिकुल हुँदै जाँदा ;
मिलन बन्यो कठिन र,  बिछोड बज्रपात भयो ।
(३)
चाहना त अथाह छ, मेरो मन्मा तिमिप्रति;
धरोधर्म जे जे भयो , साँच्ची तिखो घात भयो ।
(४)
सताउछन कि तिमीलाई, मलाई जस्तै सपनाले;
ब्याकुल भए दिनहरु ब्याकुल सारा रात भयो।
(५)
चर्कि राख्छ मुटु भित्र, ब्यथा देखाउनु कहाँ;
पिरोलिंदै भित्र-भित्रै, ह्रदय   आहात भयो ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment