गजल १४५
बिना कारण कुनै , अध्यारो भो यो देश;
नगद भए’नी , सधै उधारो भो यो देश ।
(१)
बैरीको दाऊ, बुझ्न सकेनौ हामीहरुले ;
षडयन्त्रकारीहरुको , तारो भो यो देश ।
(२)
धनि देशमा गरिब जनता भै बाच्नु पर्दा ;
सुकाईएको ढुग्ङे धारो भो यो देश ।
(३)
किन गर्नु ब्यर्थै दोषारोपण आपसमा ;
हेर्दा-हेर्दै आज , कमारो भो यो देश ।
(४)
श्रोत-साधनको उपयोगको, योजना खै ?
मात्र रोग-भोकको , भकारो भो यो देश ।
(५)
आफ्नै मन र हातले, ऊठाउनु पर्छ राश्ट्र ;
अपहेलित,उपेक्षित र, पसारो भो यो देश ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment