Pages

Monday, July 22, 2013

गजल १०२
नशा आज हिजो भन्दा थपिदै छ अलि-अलि ;
ऊँचाई यो चाहनाको चुँलिदै छ अलि-अलि ।
(१)
सधै शान्त हुन्थ्यो लहर,  ह्रदयको तलाउको ;
छछल्किदै सुस्त-सुस्त पोखिदै छ अलि-अलि ।
(२)
कहाँ टेक्यौ थाहा छैन, पहिलो कदम् जवानीको;
बाहिरी रुपमा हलचल्, प्रष्टिदै छ अलि-अलि ।
(३)
देखावटी दूरीभित्र,  झुकाउको उपस्थिति ;
अप्रत्यक्ष बाटोबाट, मिसिदै छ अलि-अलि ।
(४)
हाउ-भाउ बोली-चाली, हिजो भन्दा केही बेग्लै; 
समष्टिमा तिम्रो बानी, फेरिदै छ अलि-अलि।
(५)
नशामा लम्कनु पर्दा, गन्तब्यको दिशातिर ;
जरुरी सावधानीको, देखिदै छ अलि-अलि ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment