गजल १००
यस्तो लाग्छ हाम्ले पनि एउटा पार्टी खोल्नै पर्यो ;
अन्यायको बिरोध गर्दै , कस्सीएर बोल्नै पर्यो ।
(१)
ब्यबिचारी भष्ट्राचारी , ब्याप्त भए सबैतिर ;
निर्धक्क भै सबैसामु, यिन्को पोल खोल्नै पर्यो ।
(२)
ब्यस्त भा'छन धन बटुल्न भष्ट्र नेता कार्यकर्ता;
चौबाटोमा उभ्याएर , कालो मोसो दल्नै पर्यो ।
(३)
जनतालाई झुक्क्याएर लियौ मत लुटेरा हो ;
यस्तालाई सच्याउन ,ज्वाला बनी बल्नै पर्यो ।
(४)
दुध खायौ, पोस पायौ, ऐले जात देखाउछौ ;
घैटो तिम्रो बिषादीको,आजै ऐलै फोर्नै पर्यो ।
(५)
सद् भाव समाजको , बिथोल्दै छौ जानि- जानी ;
तिम्रो जरा कहाँ रै'छ, जान्न जरा गोड्नै पर्यो
रचना: यज्ञ प्रसाद गिरी
No comments:
Post a Comment