Pages

Monday, July 22, 2013

गजल ८४
आफ्नो सिमा आफै तोक्न, गाह्रो हुदो रै’छ ;
कुनै मान्छे आफै भन्दा , प्यारो हुदो रै’छ।
(१)
सम्बादै हो तर पनि,  किन यति मिठो ?
कुरा बिट मार्न पनि,  साह्रो हुदो रै छ ।
(२)
कसैको त हाँसो पनि, जादु गरे जस्तो ;
थाम्न पनि आफैलाई,  गाह्रो हुदो रै’छ ।
(३)
उस्को त्याग बनेको छ, सुन्को सिक्का सरी;
आफ्नो देन उस्को लागी ऊधारो हुदो रै’छ।
(४)
उस्को मन आकाशको भब्य जुन सरी;
मेरो भने टिल्पिलाउने तारो हुदो रै’छ ।
(५)
छहराझै उस्को माया बगी राख्नै सधै ;
आफ्नो भने सानो-तिनो धारो  हुदो रै’छ ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment