Pages

Sunday, July 21, 2013


गजल ७५
महान छ तिम्रो, मायाको भाव आमा ;
खानी दयाको, तिम्रो स्वभाव आमा ।
(१)
चिन्ता सन्तानकै, मृत्युको मुखमा पनि ;
सागरझै तिम्रो, मायाको फैलाव आमा ।
(२)
माया नै झार्छ्यौ , सन्तानकै सम्झनामा;
रोकेन समयले,  मायाको बहाव आमा ।
(३)
वात्सल्य अथाह, अमुल्य निधी तिम्रो ;
माँगिनौ त्यागको, कुनै हिसाब आमा ।
(४)
बाँच्न पाउनु,  तिम्रो छत्र - छाँयामा ;
सौभाग्य हाम्रो, दैवको सद् भाव आमा ।
(५)
स्वर्ग भन्छन , जान्दिन कस्तो होला ;
स्थान तिम्रो , ऊच्चादिउच्च आमा ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment