Pages

Sunday, July 21, 2013


गजल ३३
सस्तो भो मेरो दाम, तिम्रो यो शहरमा ;
चर्चा भो मेरो आम, तिम्रो यो शहरमा ।
(१)
गरे ब्यग्ङ म माथी , जो कोही ले पनि ;
भएँ सारै बदनाम, तिम्रो यो शहरमा ।
(२)
न घात गरें कसैको, न क्यै बिराएँ मेलै ;
बनें कथा तथानाम, तिम्रो यो शहरमा ।
(३)
पवित्र सोचले कोशिस, गरें सकेको मैले;
कहाँ बन्यो र काम, तिम्रो यो शहरमा।
(४)
जहाँ गए नि भेटे, रावणहरु सबैतिर;
छदै छैनन कि राम, तिम्रो यो शहरमा।
(५)
मिल्न खोजे सकेसम्म, आखिरी समयसम्म;
भन्नै पर्यो राम,राम, तिम्रो यो शहरमा ।
रचना : यज्ञ प्रसाद गिरि
         आनन्दबस्ती, ललितपुर



No comments:

Post a Comment