Pages

Monday, July 22, 2013

गजल ७०

तिम्लाई म त सानैदेखि , आफ्नै जस्तो देख्ने मान्छे;
कहिले काँहि जिस्किएर , बाटो पनि छेक्ने मान्छे ।
(१)
नचिनेझै तर्कि-तर्कि , हिड्न खोज्ने किन होला ?
म त तिम्लाई कबितामा मिसाएर लेख्ने मान्छे ।
(२)
कहिले काँही देखाउछ्यौ , बनावटी रिस पनि ;
तिम्रो मन्को गोप्यता’नि, बुझि दिन सक्ने मान्छे ।
(३)
साच्चै भन शिरमाथि , हात राखी नढाँटेर ;
कतै खोजी गर्दै छ्यौ कि ,आफैलाई छेक्ने मान्छे ।
(४)
यथार्तता बिर्सिएर , आदर्शमा बाँच्न खोज्दा ;
देखेको छु, आफ्नै जीवन,माटो सरी बेच्ने मान्छे ।
(५)
धोका होला मनको कुरा, लुकाएर बाँच्न खोज्दा ;
भनिन्छ नी आखिरमा काम लाग्छ आफ्नै मान्छे ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment