Pages

Sunday, July 21, 2013


गजल-५८
मन जले पछी, रसाँउछ गजल;
दीप बलेपछी, रसाँउछ गजल ;
(
१)
हेर्नु पर्दा बिसंगति चारैतिर ;
झोक चले पछी, रसाँउछ गजल ।
(
२)
घोच्दा बिभेदका तिखा काँडाले ;
मन गलेपछी, रसाँउछ गजल ।
(
३)
प्रतिक्षामा बिताई सिग्गै युग;
यौवन ढलेपछी, रसाउँछ गजल।
(
४)
उडाई भुलबस, अवसरको चरो;
हात मलेपछी रसाउँछ गजल।
(
५)
पवित्र मानिने कठिन प्रेमको;
गाँठो फलेपछी रसाँउछ गजल ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दवस्ती, ईमाँडोल


No comments:

Post a Comment