गजल ३१
संगै पिएको पानी, खोलीको याद आयो ;
अपनत्वले भिजेको,बोलीको याद आयो ।
(१)
सदैव साथ हुन्थ्यो,बनमा नै वास हुन्थ्यो;
माला भिरझै भिर्ने , गोलीको याद आयो।
(२)
सपना हजार हुन्थे, सुन्दर देश निर्माणका ;
रित्तो भोगाई भोग्दा , भोलीको याद आयो ।
(३)
हुने तयार मनले, मर्न -मार्न सधै भरी
,
सपना महान देख्ने , टोलीको याद आयो ।
(४)
वर्ग उही सोच उही, दृष्टि समान हुन्थ्यो,
कामरेडले भिरेको, झोलिको याद आयो।
(५)
लक्ष भो भिन्न हाम्रो, रातको सपना पनि;
उनले चढी गएको, डोलीको याद आयो ।
रचना ; यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment