गजल-६
झक्काश तिम्रो चेहरा र जवानी रहेछ डेन्जर,
बिन्दास भै बोल्ने तिम्रो, बानी रहेछ डेन्जर ।
(१)
असर कता-कता पर्ने खनकदार हँसाईको,
तिमिले पिउने कुवाको पानी रहेछ डेन्जर ।
(२)
ना-ना थरी कुरा खेल्ने, टाउको भित्र तिम्रो,
त्यै टाउको सहारा बन्ने सिरानी रहेछ डेन्जर।
(३)
सुन्छु धेरै पुतलीहरु, मरे बत्तिको प्रेममा,
मुटु कुल्ची हिड्ने तिम्रो बानी रहेछ डेन्जर।
(४)
न लक्षण बिमारीको ,न अनुभुति स्वस्थताको;
तिम्रो असरमा पर्नेहरुको कहानी रहेछ डेन्जर।
(५)
आहात धेरै बनी फसे, तिलष्मी जालमा
तिम्रो ;
नजरमा तिम्रो पर्नेहरुको, हैरानी रहेछ डेन्जर ।
(६)
तिम्रो प्रेममा जलेर, निष्प्राण धुलो हुदाँ पनि ;
संक्रामक रोगझै सर्ने , खरानी रहेछ
डेन्जर ।
रचना : यज्ञ प्रसाद गिरि
आनन्दबस्ती, ललितपुर
gazaal pani 'danger' cha ta, uncle.
ReplyDelete