Pages

Sunday, July 21, 2013


गजल-२७
आउ मित्र नजिक मेरो, अन्तर्मनका कुरा गरौ ;
दुख-सुखका कुरा गर्ने, चाहनालाई पुरा गरौ ।
(१)
सधै सुन्छु सधै देख्छु , आडम्बरी कुराहरु;
देखावटी कुरा हैन, मन खोलेर कुरा गरौ।
(२)
नमिसाई जतन गर्दै , पेशालाई मित्रतामा ;
सम्झनामा बाँची राख्ने, अतितका कुरा गरौ।
(३)
कार, महल, प्रतिष्ठा र सफलताका कथाहरु ;
संग्रहका कुरा छोडौ , मित्रताका कुरा गरौ ।
(४)
तिम्रो हाँसो,बोली पनि , बनावटी भै सकेछ ;
नलुकाई नदेखाई , खाँटी भित्री कुरा गरौ ।
(५)
जसरी पहिले हामी, प्रकृतिमा रमाउथ्यौ ;
भिर- पाखा हरियाली घाम-जुनको कुरा गरौ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment