Pages

Monday, July 22, 2013

गजल ८०

मलाई जस्तै तिम्लाई’नि, बाँच्नु  खल्लो ला’को छ कि ?
तिम्रोतिर  टोलाई राख्ने , नौलो रोग आ’को छ कि ?
(१)
मेला –उत्सव चाड-पर्व , लाग्न छोड्यो रमाईलो ;
तिम्रो पनी मेरो जस्तै,मन उडी रा’को छ कि ?
(२)
केही कुरा हराएझैं, मनको भित्री ढुकुटीको ;
नभेटिने आशंकाले मनै खिन्न भा’को छ कि ?
(३)
किन- किन कता-कता, खाली-खाली भए जस्तो;
बिचित्रको मुटुभित्र, रोग बढ्दै गा’को छ  कि।
(४)
उराठ-उराठ बनी जिवन, मनको शान्ति हराउँदा ;
मलाई जस्तो अनुभुति , तिम्लाई पनि भा’को छ कि ?
(५)
जिन्दगीको गोरेटोमा, बढ्दै जाँने सिलसिलामा ;
कुनै बिन्दु समातेर, बसौं जस्तो ला’को छ की ?

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment