Pages

Sunday, July 21, 2013


गजल ४
मेरो जन्मभूमीको, आज बेहाल छ यस्तो,
अगुवाई गर्नेहरुको, कुटिल् चाल छ यस्तो ।
(१)
छुरा लुकाएर हिड्छन, भाषणका ब्यवसायीहरु,
देशभक्त ईमान्दारहरुको अनिकाल छ यस्तो ।
(२)
बढी रहेको छ  चलखेल, गुण्डा र डांकाहरुको,
चौतर्फी देशद्रोहीहरुको मालामाल छ यस्तो ।
(३)
बेच्छन् अस्मिता राष्ट्रको, र पाए  सिमानै पनि,
अगुवा भनाँउदाहरुको, अचेल हाल  छ यस्तो ।
(४)
नायक, खलनायक को,को पुलिस को अपराधी,
जनता सधै बिचल्लीमा, र गोलमाल छ यस्तो ।
(५)
मत दियी पठाएका, नेता हाम्रा  बेपत्ता छन ;
सबैतिर अभावै-अभाव, र कोलाहाल छ यस्तो ।
 रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment