Pages

Sunday, July 21, 2013


गजल-१२
सारै निरिह बन्दोछ, आज यो देशको गती ;
हर्ता-कर्ता बनेका छन, छट्टु स्यालहरु जति ।
(१)     
भत्कियो देश यो भन्दै, स्याल हुईयां फिजाउँछन ;
मौलाए  देशमा शत्रु,  यै बिचमा कति-कति
()
फलाक्दै नौ थरी नारा, भाई-भाई जुझाउछन ;
कुम्ल्याए राष्ट्रको कोष, यि दुष्टले भने जति ।
()
बन्धन भित्र-भित्र, गर्दछन लुट्न देश यो;
गणनै गर्न गाह्रो भो, यिन्ले पुर्‍याएको क्षती ।
()
फोडौ खप्पर चिनी-चिनी, गनेर  देशद्रोहीका ;
बचाँउं राष्ट्रको मान, बचाउं देशको क्षति ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment