Pages

Monday, July 22, 2013

गजल १०४
कति भन्छन खोज्दै छौ सहमति, दिक्क लाग्छ ;
कहिले आउने यिनको सद् मति, दिक्क लाग्छ।
(१)
कोही ओर्ले महलबाट  कोही पसे, जंगलबाट शहर ;
कसरी  बिग्रन पुगेछ  सबैको मति,दिक्क लाग्छ ।
(२)
सबै चोर, फटाहा, डाँकाहरु नेता बनी, हिडेका छन ;
सकृय  छन गर्न  यो राष्ट्रको दुर्गति, दिक्क लाग्छ ।
(३)
नारा राष्ट्रियताको ,  ईशारा छिमेकीको शिरोपर ;
कानै चिरेका जोगीहरु आए जति,  दिक्क लाग्छ ।
(४)
कुर्सी बाहेक केही देख्दैनन् , काँना आँखाहरुले।
छि-छि कस्तो घृणित यिन्को गति, दिक्क लाग्छ ।
(५)
लाग्छ बाँदरका खाँटी  शन्तान हुन,  यी जंगलीहरु ;
भत्काउनै उद्धत छन नेताहरु जति, दिक्क लाग्छ ।


रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment