Pages

Sunday, July 21, 2013


गजल-१०
किन लाग्छ? मादक पवन, पहिले यो यस्तो थिएन ;
अल्झियो तिमिमा यो मन्, पहिले यो यस्तो थिएन ।
 (१)
कहां देखछु,कता भेंट्छु, जस्तो लाग्ने सधै भरी ;
सधै तिम्रै वातावरण, पहिले यो यस्तो थिएन ।
(२)
खुलेकी फूलझै सुन्दर, निख्खर कालो पोशाकमा,
बिर्सी दिनु बन्यो कठिन, पहिले यो यस्तो थिएन ।
(३)
मुटु मेरो जबरजस्ती, खोसी कब्जा गरी बस्यौ ;
लुटियो मनको चयन  , पहिले यो यस्तो थिएन ।
(४)
सौम्य मुद्रा,शिष्ट बोली, बानी  सारै फरासिलो ;
गड्दैछ मनभित्र झन, पहिले यो यस्तो थिएन ।
(५)
हराए झै  मुटु आफ्नै,  आफै भित्र कता कता ;
चस्की मुटु, भिजे नयन, पहिले यो यस्तो थिएन ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment