Pages

Monday, July 22, 2013

गजल १०३
चाँदी जस्तो पानीभा’को , छहराको देश मेरो;
हिऊले नै लिपिएको , पहराको देश मेरो ।
(१)
हरियाली फाँटहरु , खाद्धान्नका भकारी हुन;
संजिवनी गुणभा’को, लहराको देश मेरो ।
(२)
चन्चल हवा बग्ने गर्छ, छर्दै सुवास फूलको;
सुवासले सुगन्धित छ, यो धराको देश मेरो ।
(३)
अनेकौ फूलको माला, जस्तै हाम्रो समाज छ ;
प्रकृतिको  सुवासले, मग्मगाको देश मेरो ।
(४)
सुनै सुन्को बनी दिन्छ, प्रभातमा हिमालय ;
मैले जस्तै बिश्वले नै मन परा’को  देश मेरो।
(५)
देव भुमी, तपो भुमी जहाँ बास प्रकृतिको ;
सौन्दर्यले  परिपुर्ण, अप्सराको देश मेरो ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर


No comments:

Post a Comment