Pages

Monday, July 22, 2013

गजल -६३

मेरै आफ्नो जिन्दगीलाई, बुझ्नै सक्या छैन;
उत्तर आफ्नै प्रश्नको’नि सुज्नै सक्या छैन।
(१)
थाहा छैन जिन्दगीको , खासै लक्ष मेरो ;          ;
के योजना भविष्यको, सोच्नै सक्या छैन।
(२)
तिम्रो मनको गहिर्‍याई ,बुझिन कि मैले;
कहाँ गरें गल्ति मैले , खोज्नै सक्या छैन।
(३)
घाम-छायाँ जस्तै बन्यो, जिन्दगीको यात्रा;
कुन बाटोमा बढु अघि, रोज्नै सक्या छैन।
(४)
यो जिन्दगी निरस बन्यो,  तिम्रो साथ बिना;
जिन्दगीमा हरियाली, रोप्नै सक्या छैन।
(५)
सोच्छु राखुँ केही कुरा, तिम्रो सामु पनि ;
भन्नै पर्ने केही कुरा भन्नै सक्या छैन।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment