Pages

Sunday, July 28, 2013

गजल १३६

मेरो चोखो माया पनि, सस्तो लाग्यो तिमीलाई;
बर्षातको सस्तो पानी, जस्तो लाग्यो तिमिलाई ।
(१)
कि परेर कि पढेर , बुझिन्छ रे   जिन्दगानी ;
नाफा धाटा खोज्दै हिड्नु, कस्तो लाग्यो तिमिलाई?
()
साट्न खोज्यौ नसाटिंदा, सुन,हिरा मोतिसंग ;
समर्पणको प्रमाण त , खोस्टो लाग्यो तिमीलाई ।
(३)
पैसालाई अँगालेर, चोखो प्रित बिर्सी दियौ ;
सुन्को मुटु पायौ अरे, कस्तो लाग्यो तिमीलाई ?
(४)
मायालाई जाँच्ने कसी,  बिलाशिता बने पछी  ;
मुल्य मेरो चाहनाको , खस्दो लाग्यो तिमीलाई ।
(५)
मौका छोपी चल्नेलाई, दुनियाको चासो किन ;
नाटकको एउटा दृष्य , जस्तो लाग्यो तिमीलाई।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर



गजल १४१
बाचा-बाचा रहेन,  झुठो भए पछी ;
जंगल् -जंगल् रहेन, ठुटो भए पछी ।
(१)
सजिलै प्रदुषित भो, पैसाले माया;
माया-माया रहेन, जुठो भए पछी ।
(२)
शितझै हरायो, तथाकथित आदर्श;
पहुँचमा नोटको, बिटो भए पछी ।
(३)
पल्केपछी स्वार्थको, मिठो तरुलमा ;
तितै-तितो भो प्रेम, गिठो भएपछी ।
(४)
अबिश्वसनिय भो, बिगतको जवानी ;
पिरै-पिरले शरिर,  सिठो भएपछी ।
(५)
ढुग्ङाको कठोरता पनि, हराउँदो रहेछ;
परिस्थितिले पिसिएर, पिठो भएपछी ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर

गजल १४५

बिना कारण कुनै , अध्यारो भो यो देश;
नगद भए’नी , सधै उधारो भो यो देश ।
(१)
बैरीको दाऊ,  बुझ्न सकेनौ   हामीहरुले ;
षडयन्त्रकारीहरुको , तारो भो यो देश ।
(२)
धनि देशमा गरिब जनता भै बाच्नु पर्दा ;
सुकाईएको ढुग्ङे धारो भो यो देश ।
(३)
किन गर्नु ब्यर्थै  दोषारोपण आपसमा ;
हेर्दा-हेर्दै आज , कमारो भो यो देश ।
(४)
श्रोत-साधनको उपयोगको, योजना खै ?
मात्र रोग-भोकको , भकारो भो यो देश ।
(५)
आफ्नै मन र हातले,  ऊठाउनु पर्छ राश्ट्र ;
अपहेलित,उपेक्षित र,  पसारो भो यो देश ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर

गजल १४८
छुट्याउने हामीलाई, सिमाना न बनाउनु ;
मुल प्रवाहमै छोड्नु, किनारा न लगाउनु ।
(१)
पवित्र यो प्रेम हाम्रो, कसरी भो खोटी आज;
आफ्नै मनलाई सोध्नु, किनारा न लगाउनु ।
(२)
जानेर वा नजानेर , त्रुटी  कतै भए भने ;
कारण् के हो भनी खोज्नु, किनारा न लगाउनु ।
(३)
दुखेको छ भने तिम्रो, कतै फूल सरी मन ;
प्रेमको आँचले सेक्नु , किनारा न लगाउनु ।
(४)
सहयात्रा तिमीलाई , रुचीकर  हुने भए;
सहयात्री बनाउनु  , किनारा न लगाउनु ।
(५)
बाँच्नुलाई यथार्तमा , अर्थपुर्ण बनाउन ;
ह्रदयको खुसी रोज्नु , किनारा न लगाउनु ।


रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         फागुन १९, २०६९ साल
गजल १५०

तिमी भन्छ्यौ, म त सारै डराउने मान्छे ;
सोची राख्ने , सोच्दा सोच्दै हराउने मान्छे ।
(१)
म के जानुँ तिम्रो लागी कस्तो मान्छे प्यारो ;
तर म त , तिम्लाई मन पराउने मान्छे ।
(२)
ह्रदयमा तिम्रोलागी , माया  कति-कति ;
तिम्लाई दुखी देखेपछी, कराउने मान्छे ।
(३)
न त धन, रुप न त बड्दो छ जवानी ;
सडकको भिडभित्रै , हराउने मान्छे ।
(४)
कस्तो मान्छे फेला पर्‍यो भनि हत्तेरिका;
भन्ने सम्म स्थितिमा, पुर्‍याउने मान्छे ।
(५)
भैगो अब कति पोखुँ,  कुरा    ह्रदयका ;
म त तिम्लाई मनैदेखि, सराउने मान्छे ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         चैत्र १५,  २०६९ साल
गजल १५१
हेर्दा-हेर्दै मुल बाटो पो,  जाम भएछ ;
बेकम्मा झै हाम्रो प्रेम, लिलाम भएछ ।
(१)

कोरा कल्पना बनें, भावुक  योजनाहरु ;
पवित्र माया  आज , बदनाम भएछ ।
(२)
दिनदिनै बदलिंदै छ, मुहार मानिसको ;
आजभोली सर्वोपरी , त्यै दाम भएछ ।
(३)
मायाको चोखो सम्बन्धमा, पनि हजुर ;
भाउ खोजाई र मोलाईको, काम भएछ ।
(४)
पवित्र मनको नाता हाम्रो, युगौ युगको ;
बिना कारण कसरी आज , बेनाम भएछ ।
(५)
आँखिरमा ओढायौ  कात्रो, जिउँदो मायामा;
बनें म मुटुको रोगी, तिम्लाई आराम भएछ।


रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         चैत्र १८,  २०६९ साल

गजल १५२
मेरो ब्यथा दुनियामा, कहानी भो आज ;
हेर्दा-हेर्दै ताजमहल, खरानी भो आज।
(१)
चाहन्थे म जिन्दगी होस्, नदी बगे सरी;
हरेक कदम्  जिन्दगीको, हैरानी भो आज ।
(२)
सुखी जीवन भोगाईको, साक्षी तिमी थियौ;
आँसुसंग प्रित गाँस्ने , सिरानी भो आज ।
(३)
हिजोसम्म फूलैफूल्को, दुनिया यो मेरो ;
हुस्सुभित्र हराएको,  बिहानी भो आज ।
(४)
अस्ताएझै सूर्य किन ,मेरो जिन्दगीमा;
उल्लाश त खडेरीको, भयो पानी आज ।
(५)
भुल-चुक जिन्दगीमा, हुने गर्छ तर ;
लुटिए म कसैबाट, जानी-जानी आज ।

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         चैत्र १८,  २०६९ साल
गजल १५४

तिम्रो चिप्लो बोली सुनी, चिप्लिने म कस्तो ;
प्रेमाग्नीमा किरा जस्तै , होमिने म कस्तो ?
(१)
खेलौनाझै सस्तो ठानी , मुटु माग्यौ मेरो ;
आँखा चिम्ली ब्यर्थै मुटु , सुम्पिने म कस्तो ?
(२)
साँच्चै ठानी तिम्रा सबै,  बनावटी कुराहरु ;
जानी-जानी तिमिबाट लुटिने म कस्तो ?
(३)
चोखो माया मुल्यहिन  , रै’छ तिम्रो लागि ;
बालुवामा पानी सरी , पोखिने म कस्तो ?
(४)
ब्यापारको बस्तु ठान्यौ, चाहनालाई मेरो;
नचिनेर तिमीलाई, झुक्किने म कस्तो ?
(५)
म बुझ्दिन तिम्रोलागी , मुल्यवान के हो ;
आफै सरी सबैलाई, ठाँन्दिने म कस्तो ?

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         जेठ २४,  २०७० साल


गजल १५६

हाम्रा दु:ख कष्टहरु, यिन्कालागि नारा बनें ;
समाजका दुष्टहरु, यिन्कालागि प्यारा बनें ।
(१)
संघर्षमा हुँदासम्म, एउटै थियो लक्ष्य हाम्रो;
आज हाम्रा लक्ष्यहरु, आकाशका तारा बनें ।
(२)
भनि ठान्यौ हाम्रा नेता,साहसी र स्वाभिमानी;
शत्रु सामु घुँडा टेक्ने , यिनै  हुतिहारा बनें ।
(३)
तिम्रा थोत्रा नारा अब, राखे हुन्छ आफैसंग ;
तिम्रा कार्यकर्ताहरु , धेरै   भाईमारा  बनें ।
(४)
तिम्रो नाम समाजमा, गालीतुल्य बनेको छ;
आज द्रब्य बटुल्नलाई,  हिजो सर्वहारा बनें 
(५)
तिम्लाई माया गर्न छोडे, यो देशका जनताले;
जति सक्दो छिटो अब, ईश्वरका प्यारा बनें।


रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         असार २,  २०७० साल

गजल १५७

भैगो अब कुरा धेरै,  गरेर’नि के हुन्छ र ?
कसैलाई सम्झी-सम्झी, मरेर’नि के हुन्छ र ?
(१)
माछा मार्ने, तरुल खन्ने, लक्ष्यलिनेहरु कतै ;
संयोगले एउटै बाटो , परेर’नी के हुन्छ र ?
(२)
सर्वोपरी पैसालाई , ठान्ने छुद्र  मानिसले ;
आदर्शका निति श्रवण,  गरेर’नी के हुन्छ र?
(३)
रंग फेर्दै हिड्नेलाई , केभो लाज केको शरम्;
समाजका आँखाबाट, , झरेर,नी  के हुन्छ र ?
(४)
आत्म सम्मानको भाँडो , प्वाँलै-प्वाँल भएपछी;
प्रेरणाको जत्ति पानी , भरेर’नी के हुन्छ र ?
(५)
बेअर्थ छ मिठो बोली , सोच कालो भएपछी;
बाहिरी गोहीको आँसु खसेर’नी के हुन्छ र ?

रचना : यज्ञ प्रसाद गिरि
        आनन्दबस्ती, ललितपुर
         असार ५,  २०७० साल
गजल १५८

बयान के गरुँ, के अचेल छ नेपालमा ;
राजनितिको, फोहरी खेल छ नेपालमा ।
(१)
बुझ्न काफी छ, एउटै दृष्टान्तले यो देश;
जयनगर-जनकपुरको रेल छ नेपालमा ।
(२)
घर-घरै, सिंहदरबारदेखि,  बालुवाटारसम्म ;
दलालै-दलालको,  ठेलम्ठेल छ नेपालमा ।
(३)
च्याऊ उम्रेझै उम्रेका छन्, पार्टी र नेताहरु;
बढ्दो छ भष्ट्राचार र जालझेल् छ नेपालमा ।
(४)
बकुलाको ध्यानमा छन, तथाकथित मित्रहरु;
गैर सरकारी संस्थाहरुको, चलखेल् छ नेपालमा ।
(५)
बिकाश पाकेको बेल, र कौवा बनाईए जनता;
यत्रतत्र र सर्वत्र,  बेमेलै-बेमेल छ नेपालमा ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
असार २८ गते, २०७० साल

Monday, July 22, 2013

गजल १०८

मन भित्र पोली राख्ने, ताप बन्यौ तिमी ;
यो जुनिमा बिछोडको, श्राप बन्यौ तिमी।
(१)
न आँसुले पखालेर,  धुन मिल्ने रै’छ ;
पोली राख्ने ह्रदयको, राप बन्यो तिमी ।
 (२)
बसको कुरा हैन रै’छ, बिर्सी दिउँ भने ;
हरेक क्षण जपी राख्ने, जाप बन्यौ तिमी।
(३)
चाहानाले  लक्ष्यहिन, बाटो लिएपछी ;
ढुग्ङे बाटो बन्यौ कही, धाप बन्यौ तिमी ।
 (४)
मेरो भाग्य  बिछोडको, कथा बने पनि ;
उसले चाहे जस्तो, फलिफाप बन्यौ तिमी।
(५)
हाम्रो प्रेम रेगिस्तानी, प्यास बन्दै जाँदा ;
सुस्त-सुस्त आफै, अभिशाप बन्यौ तिमी ।

रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर