गजल
कसैलाई खुसी लाग्यो ,पोख्नु परे फेसबुक ;
आँखाबाट आँसु झरे, रोक्नु परे फेसबुक ;
(१)
जिउनु नै संधर्ष हो, चली राख्ने निरन्तर;
जिन्दगीमा दह्रो पाईला, टेक्नु परे फेसबुक ।
(२)
कसैलाई सता’को छ, प्रियसीको चाहनाले ;
सबैलाई मनको कुरा, लेख्नु परे फेसबुक ।
(३)
गुनासो छ कसैलाई, आफ्नै जिवनसंग पनि;
सबै बिर्सी भट्टी पसी, धोक्नु परे फेसबुक ।
रचना: यज्ञ प्रसाद गिरी
No comments:
Post a Comment