Pages

Wednesday, April 1, 2015

गजल बुझ्नै कठिन रहेछ त्यो मन, गजबैको ; अत्यन्त आकर्षक वदन, कसै-कसैको । (१) स्वप्निल आँखा, गहिरा र घातक नजर ; किन दैवले गर्‌यो चयन, कसै-कसैको । (२) मृदु- मुस्कानको लहर,सौम्य मुहारमा; अद्भुत ब्यक्तित्व गठन, कसै-कसैको । (३) थाम्नै कठिन , उघारिने मनका ढोका; हुरी सरी भो आगमन, कसै-कसैको । (४) भो राजिनामा पुरै , जिन्दगी उसैलाई; स्विकार भो मिठो दमन, कसै-कसैको । (५) गरेर घात् बुझेर’नि, बुझ पचाउँदै ; हुन खोज्दै छ बहिर्गमन ,कसै -कसैको । (६) कसुर तिम्रै हो, कुल्च्यौ फूल, हेर्दै - नहेरी ; उजाड भो जिवनको उपवन् , कसै-कसैको । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १९ बिहीबार, २०७१ साल

No comments:

Post a Comment