Pages

Thursday, January 22, 2015

गजल चिउँडो बिनाको बिचित्र, दारी छ नेपालको ; रिमोट राजनितिको, सिमापारी छ नेपालको। (१) माँग नभएर मुल्यहिन , बन्ने गरेंझै बस्तुहरु ; महग्ङो बेईमानी, सस्तो इमान्दारी छ नेपालको ; (२) अनौठो नाटक हुने गरेको छ, सदा सर्वदा; नेता नै ब्यापारी र भष्ट्राचारी छ नेपालको । (३) लक्ष , योजना, कार्यक्रम र कार्यान्वयन ; जे जति छ, सबै हावादारी छ नेपालको । (४) यो, उ त्यो जो सुकै देखिए पनि सतहमा ; शक्तिशाली नाता,कृपा र सारी छ नेपालको । (५) दल,वाद र सिद्धान्त, मात्र नाम हुन पसलका; टाउके सबैको सधै, अत्याचारी छ नेपालको । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर माघ ८ गते, २०७१ साल

No comments:

Post a Comment