Pages

Friday, August 21, 2015

सिग्ङै पाईन्ट काटी-काटी, आधा किन पार्नु पर्‍यो; सद्दे आँखा छोप्नलाई, बाल किन झार्नु पर्‍यो । (१) चुरोट रक्सी खाँदा-खाँदा, शरिर भा’छ सारग्ङीझै; ; मर्काउदै शरिर ब्यर्थै ,ठुन्का, किन पार्नु पर्‍यो । (२) यसो हेर्दा भिकारी झै, त्यसै पनि गाली रा’छौ ; राम्रै लुगा जथाभवी, प्वाल किन पार्नु पर्यो । (३) तारे भिर् झै नाक भा’छ, गडें आँखा तलाऊ झै ; हेर्दै लाग्छौ बुँख्याचाझै , नक्कल किन कोर्नु पर्‍यो । (४) चारैदिशा तेर्सिएका , एन्टिना झै लट्टाहरु ; आफै टिभी बनी हिड्छौ टिभी किन हेर्नु पर्‍यो । (५) खस्दा-खस्दा ठाँऊ तिम्रो, रसातलमा पुगी सक्यो ? निकै तल झरी सक्यौं , अझै कति झर्नु पर्‍यो । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर

No comments:

Post a Comment