गजल
लाज लाग्दो दृष्य भयो, मन्त्री छाडा भएपछी;
बोक्रैसित खान्छन केरा, नपाउनेले पाएपछी ;
(१)
त्यति मात्र कहाँ हो र? ठुला बिज्ञ उनै थिए ;
ब्रिडर पनि उनै बन्थे, मन्त्री बनी आएपछी ।
(२)
मपाईले परिपुर्ण, घमणडले चुर थिए ;
दुई-चार जना भाटहरु, उन्कोपछि लाएपछी ।
(३)
नियति त यस्तै हुन्छ, उम्लिने त पोखिन्छ नै ;
उठि हाल्छ दुष्टताको, टाउको ठाँउ दिएपछी ।
(४)
जोगिएर बस्नु होला, सोची सम्झी बोल्नु होला;
बुध्दी पलाउँछ होला , ठक्कर यस्तो खाएपछी ।
रचना: यज्ञ प्रसाद गिरी
आषाड १७, २०७२
आनन्दबस्ती, ललितपुर
No comments:
Post a Comment