मान्छे बनी जन्मेपछी, काम केही गर्नै पर्छ ;
बाँचे जस्तो बाँच्नु पर्छ, एकै चोटी मर्नै पर्छ ।
(१)
खानालाई बाँचेका त , सुगुरहरु छदै छन नि ;
माँगी-लुटी खाने हैन, मेहनत पो गर्नै पर्छ ।
(२)
थाक्नु पनि पर्ने अब, कति गर्छौ पाप कर्म ;
मैले, उसले, अरु जस्तै, तिम्ले पनि मर्नै पर्छ ।
(३)
झर्नु तल झरी सक्यौं , अब के नै बाँकी भो र ?
संक्रमणको बेथितिले , छिट्टै डेरा सर्नै पर्छ ।
(४)
नेता भन्दै आफैलाई , ठग्नु सम्म ठगी सक्यौ;
तिम्ले तिम्रो ठाँउ चिन्छौ, अब तल झर्नै पर्छ ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
चैत्र १५ गते, २०७१ साल
No comments:
Post a Comment