Pages

Wednesday, April 15, 2015

गजल कोहि बेलायत, कतार , दुबई, कलकतामा ; कोही ब्यस्त माटो खोस्रदै, रानिमत्तामा । (१) राष्ट्र सेवक भनिने गरेको छ उसैलाई ; जसको अर्जुन दृष्टी छ, तलब भत्तामा । (२) समाजसेवी बनेर कोही नाटक गर्छन । जसको नजर सदैव रहन्छ, सत्तामा । (३) दैव जानोस के लेखिएको छ पुस्तकभित्र ; सारा आकर्षण देखिन्छ, बाहिरी गत्तामा । (४) अनुहार र ब्यवहारले उ डकैत नै लाग्छ ; तर संलग्नता छ राजनैतिक, जत्थामा । (५) विवेकशुन्य परपाटी , मौलाउँदै गा’को देख्दा; लाग्छ कलम पनि, कचकच् गर्छ बित्थामा। रचना : यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर बैशाख २ गते बुधबार, २०७२ साल

No comments:

Post a Comment