गजल
राम्रो सोच लेउ भन्छु, के भन्नु र तिमीलाई ;
बस सत्य छेउ भन्छु, के भन्नु र तिमीलाई ।
(१)
पैसा मात्रै लिने हैन, एउटै लक्ष्य जिन्दगीमा ;
पैसा मात्र पुजी हिड्छौ, के भन्नु र तिमीलाई ।
(२)
सानो-ठुलो ऊँच-निच, बिभेदमा अल्झि दिन्छौ ;
फराकिलो पार्नु सोच, के भन्नु र तिमीलाई ।
(३)
यो तेरो र मेरो धर्म, भन्दै किन लड्नु पर् यो ;
के धर्मले जुझाँउछ ? के भन्नु र तिमीलाई ।
(४)
बाँडेका छन हामीलाई, अनेकौ गुट र बादमा ;
फोहरी छ राजनिती, के भन्नु र तिमीलाई ।
(५)
नबुझेरै नाची हिड्छौ, पराईका ईशारामा ;
अवश्य नै ठगिने छौ, के भन्नु र तिमीलाई ।
रचना : यज्ञ प्रसाद गिरी
No comments:
Post a Comment