गजल
सुर्य पनि निस्तेज भए,दिन ओरालो लागे पछी;
अंग-अंग शिथिल भए, यौवन ओरालो लागेपछी ।
(१)
पश्चाताप भो कसैलाई, चोखो सम्बन्धमा पनि ;
गहत- झोलमा बदलिएँ, दिन ओरालो लागेपछी ।
(२)
कर्कश हुदै गएका छन्, मिठा बोलीहरु पनि ;
म उपेक्षित हुदै रहें, दिन ओरालो लागेपछी ।
(३)
मुल्य ठुलो हुँदो रै’छ, द्रब्य, शक्ति,जवानीको ;
बुझें तर पछारिएँ , दिन ओरालो लागेपछी ।
(४)
नजिक हुन चाहँदैनन्, सुखका साथिभाईहरु ;
सबै टाढा-टाढा भए, दिन ओरालो लागेपछी ।
रचना: यज्ञ प्रसाद गिरी
आनन्दबस्ती, ललितपुर
माघ १८ गते, २०७१ साल
No comments:
Post a Comment