Pages

Monday, March 30, 2015

गजल यसरी जब राजनिति,गिर्छ र उदार हुन्छ ; डन पनि सांसदको , उम्मेदवार हुन्छ । (१) मन्त्रीको कुर्सीमा, पुग्छन भष्त्राचारीहरु; सुख्खा पर्छ नैतिकताको, र हाहाकार हुन्छ । (२) बनाईन्छ बिरालोलाई, सधै दुधको साक्षी ; निर्दोष जनता,अराजकताको शिकार हुन्छ । (३) भेडा-बाख्रा भनी ठान्ने ,जनतालाई नेताहरु; स्वयं सांसदहरुको, लाखौमा ब्यापार हुन्छ । (४) कस्तो, कुन मोडेलको, भो देशको राजनिति ; डन र माफिया सामु, सरकारै लाचार हुन्छ। (५) हुँदा-हुँदा बेथितीले , सिमा नाध्यो यतिबिधि; राष्त्राध्यक्ष उनै सामु, सधै लम्पसार हुन्छ । यज्ञ प्रसाद गिरी आनन्दबस्ती, ललितपुर चैत्र १७ मंगलबार, २०७१ साल

No comments:

Post a Comment