हाईकु
तिम्रो बजेट
दुई तिहाई डल्लो
सधैं अदृश्य ।
कुरा छ खास
पस्यो नेता चोरझै
भो सत्यानाश ।
वर्षौं चिनिन
एउटै शन्कटले
चिनाई दियो ।
बन्दुक छैन
निहत्ता पनि छैन
कलम रोप्छु ।
मेरो कलमको
जानी राख्नु क्षमता
मुटुमै गढ्छ ।
के छ र दिने
लुटेराहरुसङ
बोक्रे भाषण ।
अभागी हामी
झुठो भाषण सुन्छौ
आफ्नै वैरीको ।
No comments:
Post a Comment