आफ्नै बचनलाई , आफै उधारो बनायौ ;
बाटो,नी खन्यौ , अनि तगारो बनायौ ।
(1)
सुन त सुनै हौं , पित्तल म कसरी भनु ;
मेरो मुल्याङ्कनलाई , अप्ठ्यारो बनायौ ।
(2)
जिन्दगी सरल थियो , बाची रहेकै थिए ;
माया दिएझै गर्यौ, झन गाह्रो बनायौ ।
(3)
थाहै भएन कहानिर , कसरी चुक्न पुगे म ;
सुस्त मुटु नजिक तान्यौ, र प्यारो बनायौ।
(4)
बिश्वासै लाग्दैन आजका , मिती सम्म पनि ;
फुल जस्तो मुटु , यति सारो साह्रो बनायौ ।
(5)
ठीकै थिए जबसम्म थिए, टाढा म तिमीदेखी ;
पगाल्यौ मायाले , मलाई बिचारो बनायौ ।
रचना: यज्ञ प्रसाद गिरी
माघ 18 गते, 2076 साल
बिरेन्द्रनगर , सुर्खेत
No comments:
Post a Comment