Pages

Saturday, July 4, 2020

गर्दिन्छु यार ! म बहिस्कार , यत्रैसिति ; तिम्रो शासन र तिम्रो सरकार, यत्रैसिती । (1) मनको ऐनामा हेर्छु , सधैं त्यहा तिमी ; हेर्दै हेर्दिन ऐनामा अनुहार , यत्रैसिती । (2) जे गर्दा,नि पुर्याउन सकिन तिम्रो ईच्छा ; फुटे फुटोस यो अभागी निधार , यत्रैसिती । (3) तिमिबिना म मर्छु भन्ने ,नि , देखेँ हजुर ; उजाडिए उजाडियोस , घरबार यत्रैसिती । (4) कति जोगिनु परिस्थितीसँग, डराई डराई ; राखे राखोस गला मै तरबार , यत्रैसिती । रचना: यज्ञ प्रसाद गिरी आनन्दबस्ती , ललितपुर असार 20 , 2077 साल

No comments:

Post a Comment