Pages

Saturday, March 7, 2020

चाडै पछी सर्दा रैछन्, छिटै अघि बढनेहरु ; बिपत्तिमा अत्तालिन्छन , सस्तो माया गर्नेहरू । (1) प्रेम के हो ,त्याग के हो, चाहनाको मर्म के हो ? नबुझेरै अघि बढ्छन , छणिक रहर गर्नेहरू । (2) यौवन के हो? रूप के हो ? प्रेमको स्वरुप के हो ? नबुझेरै भ्रमित हुन्छन , आफ्नैलागी मर्नेहरु । (3) नभोगेरै बाची दिन्छन , प्रेमजन्य अनिभुति ; आत्मा भन्दा देहलाइ , धेरै माया गर्ने हरु । (4) त्यागले नै अमर हुनछ, सच्चा प्रित दुनियामा ; बि हराउछन बिपत्तिमा , अघिपछि गर्नेहरू ।

No comments:

Post a Comment