Pages

Sunday, February 16, 2020


अब त आफ्नो जिन्दगी पनि, रंगीन अनि सेफ छ ; काठ्मण्डौमा , तालुको,नि सुन्दरी जिएफ छ । (1) बाल मतलब छैन , बूढो हात्ती भनुन की हजुरबाउ ; मुटुको हार्ड डिस्क्मा , छुच्चिको तस्बिर सेभ छ । (2) उमङको तरंगले तरङित भएको छ जिन्दगी ; छुच्चिको प्रेममा म छु , अर्थात उसको बीएफ छ । (3) रंगीन छ यात्रा , चिट्ठा परेझै सहयात्री पाउदा ; प्रकृतिको सुन्दर स्वरुप , खोच , बेसी र लेक छ । (4) दुईटा मुटु एउटै ढड्कन , समान छ जीवन दर्शन ; पवित्र सोचले बग्ने , जीवनको लक्ष्य एक छ । (5) यस्तो लाग्दैछ जीवनको ,उत्तरार्धको मिलन ; हामी दुबैको हातमा , स्वादिस्ट, तातो केक छ ।

No comments:

Post a Comment