Pages

Monday, September 23, 2019

रात , साँझ, दिन र बिहान दुख्यो ;
उसको उपेक्षाले स्वाभिमान दुख्यो ।
(1)
नखेल्नु सम्बेदनशिल दिलमा हजुर ;
अतीत भक्कानियो, वर्तमान दुख्यो ।
(2)
गुनासो कसैसङ पनि कुनै छैन मेरो ;
तैपनि आज दिलको उडान दुख्यो ।
(3)
यात्रा मन्जुर छ ,गन्तव्यहिन नै सही ;
तर लामो यात्राको सुनसान दुख्यो ।
(4)
मेरो खुसिको स्वर्ग थियो हिजोसम्म;
आज तिमीले दिएको बरदान दुख्यो ।

यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
असोज 8 गते, 2076 साल

No comments:

Post a Comment