Pages

Wednesday, September 4, 2019

भ्रमण जुट्न गो यसपाली, चन्द्रगिरीको ;
मनमोहक छ हरियाली , चन्द्रागिरिको ।
(1)
छिन छिन मै घाम , छिन छिन मै बर्सात हुने ;
थप्छ मौसमले खुसियाली , चन्द्रागिरीको ।
(2)
घुम्टो बादलको कहिले , खुला चम्किलो मुहार ;
चन्चल नायिकाझै हाल , मतवाली चन्द्रागिरिको ।
(3)
कहिले हिउँले सेताम्मे , तपस्वीझै निश्चल ;
हुस्सु ,घाम पानीमा , बानी जाली छ चन्द्रागिरिको ।
(4)
निर्माणको नाममा घाइते, बन्दै छ वातावरण ;
अब आवश्यक भै सक्यो, रखवाली चन्द्रागिरिको ।

भदौ 18 , 2076 साल
आनन्द्बस्ती , ललितपुर

No comments:

Post a Comment