Pages

Wednesday, September 4, 2019

तिमी भेटियौ अचानक , बिहानी जस्तो ;
सुख्खा रोटि खानेलाइ, बिरियानि जस्तो ।
(1)
काकाकुल बनेको रेगिस्तानको यात्री लाई ;
बन्यौ तिमी , झरनाको चिसो पानी जस्तो ।
(2)
सुनायौ तिमीले कहानी , तीतो अतितको;
लाग्यो मलाइ त्यो , आफ्नै कहानी जस्तो ।
(3)
कैयन जिवन घिस्री रहेछन, मात्र सम्झौतामा ;
भोग्दै जिवन फिकका फिकका र पानी जस्तो ।
(4)
पाउनु पर्छ बाच्न सबैले, एकबारको जुनी ;
पुरुष ले राजा र , महिलाले रानी जस्तो ।

रचना : यज्ञ प्रसाद गिरी
भदौ 8, 2076 साल
आनन्दबस्ती , ललितपुर


No comments:

Post a Comment