Pages

Wednesday, September 4, 2019

कुहिरोले ढाक्यो अचानक , चन्द्रागिरिमा ;
चाल बढ्यो मुटुको धकधक , चन्द्रागिरीमा ।
(1)
तिमी छौ म छु , अरु कोही छैन , एकान्त छ ;
दबाव भो , मायाको नशाको फरक , चन्द्रागिरिमा ।
(2)
जीवन यसरी नै बितिरहोस ,लाग्छ तिमीसँगै ;
मायामा नहोस कुनै रोक टोक , चन्द्रागिरिमा ।
(3)
स्वच्छ मन , स्वच्छ आकाश , स्वच्छ वातावरण ;
जस्तो बन्दै छ उन्मुक्तिको सडक , चन्द्रागिरिमा ।
(4)
मन भारी भयो , केबुल कारमा , फर्कंदै गर्दा ;
छुटे जस्तो स्वर्णिम पलको झलक, चद्रागिरिमा ।

भदौ 17 गते , 2076 साल









No comments:

Post a Comment