Pages

Saturday, September 7, 2019

मलाई राजा जस्तो , आफुलाइ रानी बनायौ ;
मेरो मन मन्दिरलाई , राजधानी बनायौ ।
(1)
बसेको थिए दुनियाको नजरबाट टाढा ;
एकै नजरमा तिमीले , पानी पानी बनायौ ।
(2)
थाहा छैन भन्थ्यौ , माया पिरतीका कुराहरु ;
मलाई पागल तिमीले जानी जानी बनायौ ।
(3)
चैन छैन दिन रात , तिम्रै सोचाईमा हुन्छु ;
जलायौ तिम्रो प्रेममा, अनि खरानी बनायौ ।
(4)
न सहन सकिने , न भन्न मिल्ने यो ब्यथा ;
जिन्दगीलाई मिठो दुखाईको हैरानी बनायौ ।

भाद्र 21 गते , 2076 साल
आनन्दबस्ती , ललितपुर

No comments:

Post a Comment