Pages

Tuesday, September 17, 2019

किन यसरी दर्कि रहेछ झरी प्रिय ;
धडकन धड्किनछ मनपरी प्रिय ।
(1)
तिम्रै तसबिर आँखा अगाडी मेरो ;
पिरोल्छ तिम्रै यादले घरी-घरी प्रिय ।
(2)
तिम्रै सुवाशले ब्याप्त छ मन मेरो ;
प्रेमको अनुभूति छ थरी थरी प्रिय ।
(3)
उन्मुक्त हासो गुन्जिनछ ह्रदयमा ;
उपस्थिति तिम्रै छ सधैभरी प्रिय ।
(4)
बसन्त मेरो जीवनको , तिमी बन्यौ ;
जिन्दगानि बनेको छ स्वर्गसरी प्रिय ।

रचना : यज्ञ प्रसाद गिरी
आनन्दबस्ती , ललितपुर
भाद्र 31, 2076 साल

No comments:

Post a Comment