Pages

Saturday, September 14, 2019


गजल

सुन हैन फलाम , म जनता आम ;
पुज्छु सदैव काम , म जनता आम ।
(1)
उम्किन सक्ने छैनौ ,लुटेर मातृभूमि ;
कसि छोड्छु लगाम्, म जनता आम ।
(2)
गर्छौ कति नाटक , समाजसेवी बनी ;
दिदैन बटुल्न दाम, म जनता आम ।
(3)
घृणा मात्र गर्ने गर्छु ,तिमिलाइ म ;
सारै भयौ बदनाम, म जनता आम ।
(4)
बादरले नरिवलझै ,अधिकार पायौ ;
दिनेछु तातो डाम्,म जनता आम ।

बैशाख 29 , 2076 साल
वीरेन्द्र नगर , सुर्खेत





No comments:

Post a Comment