Pages

Thursday, October 10, 2019

अचानक मध्यान्हमै रात भयो ;
निर्दोष मन मेरो आहात भयो ।
(1)
चिन्न सकिन, प्राथमिकता उसको ;
साथ दिन्छु भन्नेबाटै घात भयो ।
(2)
सफर रहेछ , हाम्रो दोबाटो सम्म ;
बाचा मात्र पिपलको पात भयो ।
(3)
सफर एउटै तर , लछ्य बेग्ला-बेग्लै ;
धुलोयुक्त बाटोमै बरसात भयो ।
(4)
बदली सकेछ समयको समीकरण ;
चारमा चार जोड्दा,नि सात भयो ।

रचना: यज्ञ प्रसाद गिरी
आश्विन 11 गते, 2076 साल
आनन्दवस्ती , ललितपुर




No comments:

Post a Comment