Pages

Thursday, September 12, 2019

समयले चर्कायो , चर्केर हैरान भएँ ;
चाहनाले पर्खायो, पर्खेर हैरान भएँ ।
(1)
रूझेर निथ्रुक्क, म ओत खोज्दै,थे ;
सगरले दर्कायो , दर्केर हैरान भएँ ।
(2)
जमाउन खोजेको , दरिलो खुट्टा ;
समयले मर्कयो , मर्केर हैरान भएँ ।
(3)
बाधेर मनलाई , राख्न म चाहन्थे ;
डोरिले सुर्कायो , सुर्केर हैरान भएँ ।
(4)
आँखा मा बसेर, मनभित्र बिझेछ ;
कसैले फुर्कायो , फुर्केर हैरान भएँ ।

भाद्र 25गते , 2076 साल
आनन्दबस्ती , ललितपुर


No comments:

Post a Comment