Pages

Saturday, September 7, 2019

भैगो माया नगर भो , छुस्स माया गर्ने भए ;
एक कदम अघि बढ्दै, फेरी पछि सर्ने भए।
(1)
म त माया गर्नु परे , खन्याई दिन्छु मुटुलाई ;
किन सगरमाथा छुने, अलि पछि झर्ने भए ।
(2)
जिवन गर्छु राजिनामा , पास गर्छु तिमिलाई ;
आजै बुझ यो जिन्दगी , यदि मन पर्ने भए ।
(3)
भन्नलाई सजिलो छ , माया गर्छु तिमिलाई ;
ह्र्दयमा लुकाउनु , साँच्चै माया गर्ने भए ।
(4)
माया गर्न अघि सर्नु , ठूलो मुटु राख्छौ भने ;
उसकैलागी जिउन र उसकैलागी मर्ने भए ।

भाद्र 21गते , 2076 साल
आनन्दबस्ती , ललितपुर




No comments:

Post a Comment