जब तिमी मुस्करायौ , प्रफुल्ल भो मन मेरो ;
मेरो आकाशमा उदायौ, धन्य भो जिवन मेरो ।
(1)
चिन्दै गए गहिरो , अझ गहिरो तिमिलाइ ;
डुब्दै गयो तिमीमा वजुद, झन झन मेरो ।
(2)
तिम्रो हेराइ मा कसक र जादु छ बोलीमा ;
उन्मादले बेसुर छ मनको उपवन मेरो ।
(3)
यसरी बिलाएछु म तिमीमा , खै के भनौ ;
तिमिलाइ मात्र देखाउछ, मनको दर्पन मेरो ।
(4)
यसरी रङीएछु म तिम्रो रङमा , के भनौ ;
लाग्छ, फेरी फर्कियो , जवानि र बचपन मेरो ।
रचना: यज्ञ प्रसाद गिरी
भदौ 8 गते, 2076 साल
आनन्द्बस्ती , ललितपुर
मेरो आकाशमा उदायौ, धन्य भो जिवन मेरो ।
(1)
चिन्दै गए गहिरो , अझ गहिरो तिमिलाइ ;
डुब्दै गयो तिमीमा वजुद, झन झन मेरो ।
(2)
तिम्रो हेराइ मा कसक र जादु छ बोलीमा ;
उन्मादले बेसुर छ मनको उपवन मेरो ।
(3)
यसरी बिलाएछु म तिमीमा , खै के भनौ ;
तिमिलाइ मात्र देखाउछ, मनको दर्पन मेरो ।
(4)
यसरी रङीएछु म तिम्रो रङमा , के भनौ ;
लाग्छ, फेरी फर्कियो , जवानि र बचपन मेरो ।
रचना: यज्ञ प्रसाद गिरी
भदौ 8 गते, 2076 साल
आनन्द्बस्ती , ललितपुर
No comments:
Post a Comment