Pages

Wednesday, October 23, 2019

आज मैले बुझेको छु कमी जिन्दगीमा ;
कति बहुमूल्य भयौ , तिमी जिन्दगीमा ।
(1)
तिमी टाढा हुदाखेरी , पिरोलिने मन ;
कति नजिक बन्न पुग्यौ, हामी जिन्दगीमा ।
(2)
यस्तो लागछ साथ तिम्रो स्रोत आनन्दको ;
तिम्रो साथ सधैं लाग्ने , दामी जिन्दगीमा ।
(3)
बसन्तझै सधैं फुलोस यो सम्बन्ध हाम्रो ;
हुने छैन हाम्रो नाता बिरामी जिन्दगीमा ।
(4)
यो मित्रता , अघी बढोस ,
मेल ह्रदयको ;
स्नेहको नसा छामी , छामी जिन्दगीमा ।

रचना: यज्ञ प्रसाद गिरी
असोज 5 गते 2076 साल नगर
 1
सुर्खेत










No comments:

Post a Comment