Pages

Sunday, October 20, 2019

साँझ-बिहान, रात - दिन उदाश छ ;
हरेक प्रहार, छिन - छिन , उदाश छ ।
(1)
तिम्रो चाहनाको तुफान छ, दिलमा ;
यी जुनेली रात, यो गगन, उदाश छ ।
(2)
प्रकृति उदाश छ, यो बन उदाश छ ;
तन उदाश छ , यो वदन उदाश छ ।
(3)
आकाश उदाश छ , पवन उदाश छ ;
सम्झनाले वर्तमान उदाश छ ।
(4)
आतुर छ मन सामिप्यको, खोजीमा ;
तिम्रो पर्खाईमा ,यो मन उदाश छ ।




No comments:

Post a Comment