Pages

Sunday, October 20, 2019

अनाहकमा नेपलीको देश दुखेको छ ;
हिमाल ,पहाड, तराई त विशेष दुखेको छ ।
(1)
जात - जाती , ईतिहास र स्वाभिमान कतै ;
सदियौको सस्कृति, भाषा , भेष दुखेको छ ।
(2)
उद्धत लोभि नेताहरु. भस्त्राचार ठगी गर्न ;
यी देशको अंग अंग , परिवेश दुखेको छ ।
(3)
बनाईए जात, जाती बिभेदका वर्गहरु ;
यो देशको सौहार्द्रताको सन्देश दुखेको छ ।
(4)
दूषित भयो देश मेरो नारा अनि जुलुसले ;
सिद्धार्थको सिद्धान्त र उपदेश दुखेको छ ।

रचना: यज्ञ प्रसाद गिरी
आश्विन 1 गते 2076 साल
कोहलपुर , बाके






No comments:

Post a Comment