Pages

Sunday, October 20, 2019

बिरामी हामी परेका छौ ,आफैबाट ;
सधैं दुख्ने गरेका छौ , आफै बाट ।
(1)
घमण्ड र स्वाभिमान एउटै ठानी ;
ह्र्दयबाट लडेका छौ, आफैबाट ।
(2)
झुठो अभिमानमा घायल बन्दै ;
जिन्दगीमा झरेका छौ आफैबाट ।
(3)
अनाहक चिन्ताले , पिरोलिएका छौ;
पल प्रतिपल गलेका छौ आफैबाट ।
(4)
जानि जानि गुमाउछौ अवसरहरु ;
मल्नु हात मलेका छौ, आफैबाट ।

रचना: यज्ञ प्रसाद गिरी
बिरेन्द्र नगर -1, सुर्खेत
आश्विन 22 गते , 2076 साल













No comments:

Post a Comment